लुम्बिनी प्रदेश सरकार

वन तथा वातावरण मन्त्रालय (वन निर्देशनालय)

डिभिजन वन कार्यालय, प्यूठान

प्यूठान

यस डिभिजन वन कार्यालय प्यूठान. र यस कार्यालय अन्तरगतका सव डिभिजन वन कार्यालयवाट निम्नानुसारका सेवाहरु प्रदान गर्ने गरिन्छ ।

क) वन पैदावारको संरक्षण सम्वर्धन तथा विकास र सदुपयोग सम्वन्धी कार्य ।

ख) वन संरक्षण, व्यवस्थापन, सदुपयोग तथा वृक्षारोपण सम्वन्धी कार्यक्रमको तर्जुमा तथा कार्यान्वयन ।

ग) वन पैदावारको विक्री वितरण सम्वन्धी कार्य ।

घ) वन विकास अन्तरगत संचालन हुने कार्यक्रमहरुको तर्जुमा, कार्यान्वयन, अनुगमन तथा मूल्याङन ।

ङ) वन संरक्षण तथा विकास बारे जन चेतना अभिवृद्धि गर्न प्रचार प्रसार गर्ने कार्य ।

च) निजी वन विकासको लागि सुचना प्रवाह गरि प्रविधि उपलव्ध गराउने कार्य ।

छ) कृषि वन वाली विकास तथा विस्तार गर्न प्रचार प्रसार गरि सर्वसाधारण जनतामा उत्प्रेरणा जगाउने कार्य  

ज) वातावरणीय प्रभाव मूल्याकंन सम्वन्धी कार्य ।

झ) वन पैदावारको हानीनोक्सानी तथा अतिक्रमण सम्वन्धी कार्य ।

ञ) सामुदायिक वन सम्वन्धी नीति नियम बारे जानकारी गराउने तथा उपभोक्ता, संघ संस्थासंग सहजीकरण, नियमन र समन्वय गर्ने कार्य ।